प्याब्सन तुलसीपुर नगरको अध्यक्षमा पुन : डाँगी

तुलसीपुर । प्याब्सन तुलसीपुर नगर समितिको अध्यक्षमा पुन : गिरीराज डाँगी चयन हुनुभएको छ । मंगलबार (आज) भएको दोस्रो अधिवेशनले डाँगीको अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा डम्बर डाँगी, सचिवमा बिष्णु योगी, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा केशकुमार खड्का र सह-कोषाध्यक्षमा बामदेव पोखरेल चयन हुनुभएको छ ।

त्यसैगरी नगरसमितिको सदस्यहरुमा युवराज डाँगी, राजकुमार गौतम, अम्मर बहादुर चौधरी चयन हुनुभएको छ । यस्तै शान्तिनगर गाउँपालिका फोकल पर्सनमा ओम भण्डारी चयन हुनुभएको छ । तीन वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिले मंगलबार (आजै) पदभार ग्रहण गरिसकेको सचिव बिष्णु योगीले जानकारी दिनुभयो ।

प्याव्सन तुलसीपुर नगर अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याब्सन केन्द्रका सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । अधिवेशन उद्घाटन अवसरमा बोल्ने वक्ताहरूले निजि विद्यालय बिचमा देखिएको अस्वस्थ प्रतिश्पर्धाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

कोरोना महामारीले शिक्षा क्षेत्र धराशायी अवस्थामा पुगेको र त्यसैमा निजी विद्यालय बढी समस्यामा परेकोले विद्यालय बचाउन संचालक बढी चनाखो बन्नुपर्नेमा उनिहरूको जोड छ ।

उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य केशब थापा, यादव गीरी, नगर प्रवक्ता श्याम डाँगी लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, जीवन कुमार अचार्य, प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाले मन्तव्य राख्नुभएको थियो । प्याब्सन दाङका अध्यक्ष बुढाले निजी विद्यालयले ४५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने माग अघि सारेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र, निजी तथा संस्थागत विद्यालय समन्वय समितिका संयोजक प्रकाश कुमार शर्मा, एन प्याब्सन तुलसीपुरका अध्यक्ष शालिकराम कार्की, प्याब्सन घोराही नगरका अध्यक्ष बिरेन्द्र चन्द लगायतले शिक्षाको विकासका लागि निजी विद्यालय एकजुट हुनुपर्ने बताउनुभयो ।

प्याब्सन तुलसीपुर नगरका उपाध्यक्ष डम्बर डाँगी स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा विभिन्न विद्यालय प्रधानाध्यापकलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण सचिव विष्णु योगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस