तुलसीपुर । तुलसीपुरमा भोलिदेखि विद्यालय बस संचालन हुने भएका छन् । कोरोनाको संक्रमणदर कम भएसंगै उपमहानगरले भदौ २२ गते विद्यालय संचालन गर्न दिने तर विद्यालय बस संचालन गर्न नपाउने निणर्य गरेको थियो ।
तर विद्यालय बस चल्न नदिने निणर्यको चौतर्फी आलोचना भएपछि उपमहानगरले भोलिदेखि विद्यालयलाई स्कुल बस चलाउन दिने निणर्य गरेको हो ।
विद्यालय बस संचालन नहुँदा टाढा-टाढाका विद्यार्थीलाई विद्यालय पुग्न समस्या भएको , सार्वजनिक बस प्रयोग गर्दा झन् जोखिम बढ्ने भएको चौतर्फी दवावपछि नगरले विद्यालय बस चल्न पाउने निणर्य गरेको हो ।
नगर शिक्षा शाखाको सोमबार (आज) बसेको बैठकले स्वास्थ्य सुरक्षाका लागि आवश्यक मापदण्डको पूणर् पालना गरी भोलि देखि विद्यालय बस संचालन गर्न दिने गरेको हो ।
प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार