जब भैंसीमाथि चढेर उमेदवारी दर्ता गर्न पुगे….

काठमाडौं । भारतको बिहार राज्यको पञ्चायत चुनावका लागि एकजना भैंसीमाथि चढेर उमेदवारी दर्ता गर्न पुगेका छन् । कटिहार जिल्लाको रामपुरका आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर उमेदवारी दर्ता लागि पुगेका हुन् ।

“म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिन । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ,” उनको भनाइ उद्धृत गर्दै एएनआईले लेखेको छ ।

उनले आफूले जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले भने जनता र मिडिया ‘अटेन्सन’का लागि उनले भैंसी उपयोग गरेका बताएका छन् । उनी रामपुर पञ्चायको मुखिया पदका लागि उमेदवारी दर्ता गर्ने पुगेका थिए ।

बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।भैंसीमाथि चढेर आएको देखेपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस