दुर्गमको गाउँमा सोलार मिनिग्रीड प्रभावकारी बन्यो

गाउँनै झिलीमिली

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ विबाङमा सोलार मिनिग्रीड स्थापना भएपछी गाउँनै झिलीमिली भएको छ।नेपालको सबै भन्दा ठुलो १५० किलोवाट क्षमता भएको सोलार मिनिग्रीड स्थापना भए संगै प्रभावकारी बन्दै गएको गाउँपालिकाले जनाएको छ।

एक बर्ष पहिले थबाङ गाउँपालिकाको मंगारखोला माइक्रो हाइड्रोपावर बाट विद्युत सुचारु भएको थियो। उक्त विद्युत १३.५ किलोवाट रहेको र विद्युत अनियमित हुँदा जनताले सास्ती भोग्दै आएका थिए।तर अहिले गाउँमा सोलार मिनिग्रीड सुचारुभए पछी पहिलेको भन्दा धेरै सहज भएको स्थानीयले बताए।

यसरी गाउँपालिकामा सोलार मिनिग्रीड निर्माण भएपछी साना तथा मझौला उद्योगहरु सञ्चालन गर्न, पहिले बेला बेलामा बत्ती जाने र आएको बेला मोबाइल चार्ज गर्दा पनि समस्या भोग्दै आएका थिए।

अहिले सौर्य उर्जाबाट उत्पादन गरिएको विद्युतबाट उद्योगहरु चलाउन सकिने समेत बताइएको छ। थबाङमा फर्निचर उद्योग चलाउदै आउनु भएका कर्मधन रोकाले सोलार मिनिग्रीडबाट फर्निचर सम्बन्धि कार्य गर्न सहज भएको बताउनुभयो।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस