रुकुम पूर्वमा नेकपा एकीकृत समाजवादीको १०५ सदस्यीय जिल्ला कमिटी गठन

पुर्व रुकुम । नेकपा (एकीकृत समाजवादी) पार्टी रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्तीलाई चयन गरिएको छ । जिल्ला कमिटीको पहिलो बैठकले घर्तीलाई अध्यक्षमा चयन गरेको हो । 

यसअघि उनी नेकपा एमाले जिल्ला कमिटी सचिव थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी स्थापना भएपछि बसेको पहिलो बैठकबाट घर्तीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो । 

घर्तीको अध्यक्षतामा १ सय ५ सदस्सीय जिल्ला कमिटि गठन गरिएको छ । जसको सचिवमा भुवनेश्वर उपाध्याय रहेका छन् । जिल्ला भेला असोजमा गर्ने तयारी भएको छ । बैठकबाट २५ सदस्यीय जिल्ला कमिटी सचिवालय पनि गठन गरिएको छ । बैठकमा कार्यविभाजन, कार्यालय सञ्चालन, आर्थिक व्यवस्थापन, गाउँपालिकामा संगठन विस्तार गर्ने जिम्मेवारी जिल्ला कमिटी सचिवालयलाई दिइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस