दाङ एरपोर्टको रनवे विस्तार हुँदै

दाङ । संघीय सरकारले केहि वर्षदेखि महत्वमा नपारेको दाङ एरपोर्ट विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीको पहलमा प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाए पछि एरपोर्ट विस्तारको योजना अघि सारिएको छ ।

‘एरपोर्टको कुरा गर्दा प्रधानमन्त्रीले बढी चासो दिनु भएको छ’ , मन्त्री चौधरीले भने, ‘यसै वर्ष एरपोर्टको धावनमार्ग विस्तारको योजना सुरु हुन्छ । बजेट यति उति भन्ने भएको छैन, एरपोर्टका लागि आवश्यक बजेट निकासा हुन्छ, टेन्डर हुन्छ विस्तारको काम हुन्छ’ उनले भने, संशोधित बजेटमा एरपोर्ट समेटिएको छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा ज्युले आफै पनि एरपोर्टको विषयमा बढी चासो लिनु भएको छ, मैले एरपोर्टको बारेमा धेरै बुझेकमे छु,’ मन्त्री चौधरीले देउवालाई उदृत गर्दै भने, त्यसलाई ठूलो बनाउनु छ योजनामा परेको छ अब हुन्छ ।

अर्थमन्त्री ज्युको महत्वमा पनि एरपोर्ट छ, उनले भने, अब एरपोर्ट विस्ताको काम आवश्यकताअनुसार सुरु हुन्छ, अब विस्तारको चिन्ता लिनु पर्ने अवस्था देखिएन । यसै वर्षदेखि काम सुरु गर्ने योजना सरकारको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस