कपिलवस्तु। नेपाल वैक लिमिटेड चन्द्रौटा शाखाले एक विद्यालयलाई २० थान पंखा सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिका ४ मा रहेको समयथान मावि खरेन्द्रपुरलाई उक्त सामाग्री वितरण गरेको शाखा प्रमुख नवराज आचार्यले बताए ।
पंखा हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले वैकहरु रकम लेनदेनको मात्र कारोवार गर्ने गरे पनि अब सामाजिक काममा केही रकम खर्च गर्नुपर्ने बताए ।
नेपाल वैकले एक विद्यालयलाई पंखा सहयोग गरि विद्यार्थीहरुको अध्यापनमा सहयोग गरेकोमा धन्यवाद दिए । अधिकारीले नेपाल वैकले जस्तै अन्य वैकले पनि विविध सामाजिक कार्यमा लागनी गर्न आग्रह गरे ।
नेपाल वैकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुुसालले वैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेको बताए । पंखाको अभावले विद्यार्थीहरुलाई गर्मी मौसममा पढन समस्या भएकोले यस विद्यालयलाई छनोट गरि सहयोग गरेको बताए ।
विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद गैरेले विद्यालयलाई विद्युतीय सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए ।
नयाँ बनेका संरचना तथा पुराना विद्युतीय सामाग्रीहरु विग्रिएकाले अब यी पंखा जडान पश्चात शिक्षण कृयाकलापमा सहज हुने बताए । कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, शिक्षकहरुको सहभागिता रहेको थियो ।