बाँकेमा एकजना नक्कली प्रहरी पक्राउ

२० भदौ, बाँके । बाँकेको कोहलपुर क्षेत्रमा आफू प्रहरी निरीक्षक भएको भन्दै सर्वसाधारणलाई दुःख दिने एक व्यक्ति पक्राउ परेका छन्

पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकाय रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई शनिबार राति पक्राउ गरिएकोले जनाएको छ ।

रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भएको भन्दै डर, धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस