
२० भदौ, तुलसीपुर । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ७ हंसनापुरका ४६ वर्षीय शिबु गिरीको रहेको प्रहरीले बताएको छ ।
लमहीबाट लमही ७ हंसनापुर तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे लमही ५ रातोडाँडा स्थित अनियन्त्रीत भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते गिरीको लमही अस्पतालमा उपचारका क्रममा आज आइतबार बिहान साढे १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त मोटरसाइकललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार