आज मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रीपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस