काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विश्वास व्यक्त गरेका हुन् ।
‘पार्टी एकढिक्का हुन्छ भन्नेमा म विश्वस्त छु। कांग्रेस एकढिक्का हुनेबित्तिकै अरू दलसँग सहमति, सहकार्य र एकता गरी अघि बढ्ने हो र अन्य शक्तिसँग पनि हामीहरूले मिलेर काम गरेर राष्ट्रियता मजबुत गर्न सके कांग्रेस मात्र होइन, देशको भविष्य उज्जवल हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ भनेर ।’
‘नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं,’ उनले भने ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार


