विजौरी / घोराही–तुलसीपुर जोड्ने बैकल्पिक सडक घोराही–हापुर–रक्षाचौर सडक निर्माणमा सहजता देखिएको छ । जग्गा स्वामित्वको विवादका कारण तीन दशकदेखि अल्झिएको मुद्धा अव मिलेको छ । दाङ जिल्लाको उत्तरी क्षेत्रलाई गाउँदेखि सहरसम्म जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको घोराही–तुलसीपुर–रक्षाचौर सडकखण्डको तीन दशकदेखि अल्झिएको ३०० मिटर विवादित ट्र्याक अन्ततः खुलेको छ ।
लामो समयदेखि जग्गा विवादका कारण रोकिएको उक्त खण्ड सहमतिका आधारमा खुलेपछि स्थानीयवासीमा विकासको नयाँ आशा पलाएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरको टेलिया कुलोदेखि वडा नं. ४ अन्तर्गत पर्ने ग्वार खोलासम्मको करिब ३०० मिटर सडकखण्ड विगत ३० वर्षदेखि विवादमा पर्दै आएको थियो । सडक निर्माणको प्रारम्भिक चरणमै केही स्थानीय जग्गाधनी र आयोजनाबीच सहमति नहुँदा उक्त खण्ड खोल्न नसकिएको हो । यसका कारण सडकको निरन्तरता टुट्नुका साथै यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको थियो ।
- नगरप्रमुख खड्काका अनुसार करिब १८ किलोमिटर लामो यस सडकखण्डमध्ये अझै १२ किलोमिटर भाग कालोपत्रे गर्न बाँकी छ । संघ र प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि अपेक्षित सहयोग नपाएको उनले गुनासो गरे । “योजना पूरा गर्न तीनै तहको समन्वय अपरिहार्य छ,
वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार पटक–पटकको संवाद, सहकार्य र स्थानीयस्तरको समन्वयपछि अन्ततः विवाद समाधान गर्दै ट्र्याक खोल्न सफल भएको हो । उनले वडाको बजेट प्रयोग गरेर काम सम्पन्न गरिएको जानकारी दिए । “तीन दशकदेखि अड्किएको समस्या समाधान हुनु स्थानीयका लागि ठूलो उपलब्धि हो,” उनले भने, “अब सडक कालोपत्रे र स्तरोन्नतिको काम सहज रूपमा अगाडि बढाउन सकिन्छ ।”
सडकखण्ड अन्तर्गत कुटेचौरदेखि सक्रामसम्मको भागमा दुवैतर्फ नाला निर्माण सम्पन्न भइसकेको छ । यसले वर्षायाममा हुने पानी जम्ने समस्या घटाउने र सडकको दीर्घकालीन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सोही सडक छेउमै वडा कार्यालयको प्रशासनिक भवन रहेकाले यस क्षेत्रको प्रशासनिक पहुँच पनि थप सहज बनेको छ ।
वडाध्यक्ष योगीका अनुसार चौवा खोलामा सानो पुल निर्माण कार्यसमेत सुरु गरिएको छ । वडाकै बजेटबाट निर्माण सुरु गरिएको उक्त पुल सम्पन्न भएपछि वर्षायाममा हुने आवागमन अवरोध हट्ने विश्वास गरिएको छ । हाल खोलामा पानी बढ्दा स्थानीयलाई जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीयवासी तथा सडक ट्र्याक खुलाउन सक्रिय भूमिका निर्वाह गरेका पलबहादुर वलीले लामो समयदेखिको प्रयास सफल भएको बताए । उनले सडक खुलेसँगै अब ग्वारखोलामा पुल निर्माण र बाँकी सडक कालोपत्रे हुनेमा आशावादी रहेको धारणा राखे । “यो सडक हाम्रो लागि जीवनसँग जोडिएको विषय हो,” उनले भने, “अब ढिलाइ नगरी काम अघि बढ्नुपर्छ ।”
घोराही उपमहानगरपालिका क्षेत्रमा पर्ने यस सडकखण्डको प्रगति तुलनात्मक रूपमा अघि बढेको छ । घोराहीदेखि शिवपुरसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । वडा नं. ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेका अनुसार चालु आर्थिक वर्षमा जीतपुरदेखि बाँसगढीसम्म थप २ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यद्यपि घोराही क्षेत्रमा अझै करिब ४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको उनले जानकारी दिए ।
यो सडक घोराही–तुलसीपुर मुख्य सडक बाढिका कारण अवरुद्ध भएको अवस्थामा भाइरल रोडका रुपमा चिनिने यहि सडक प्रयोग गरेर आवत जावत गर्ने गरीएको छ । वेला वेलामा आउने बाढिले मुख्य सडक सम्पर्क विच्छेद हुदा पनि यातायात व्यवसायीहरुले यहि सडकको बैकल्पिक प्रयोग गर्ने गरेका छन् ।
त्यसैगरी तुलसीपुर क्षेत्रमा रक्षाचौर आँखा अस्पतालदेखि घोरनेटीसम्म करिब ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माका अनुसार बाँकी खण्डमा बजेट अभावका कारण काम सुस्त भएको छ । उनले आवश्यक स्रोत सुनिश्चित भएमा सडक निर्माण छिट्टै सम्पन्न गर्न सकिने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उक्त सडक दाङ जिल्लाको मात्र नभई रोल्पाको दक्षिणी भेगका नागरिकका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनका अनुसार यस सडकले ग्रामीण क्षेत्रका उत्पादनलाई बजारसम्म पु¥याउन र सेवा–सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नगरप्रमुख खड्काका अनुसार करिब १८ किलोमिटर लामो यस सडकखण्डमध्ये अझै १२ किलोमिटर भाग कालोपत्रे गर्न बाँकी छ । संघ र प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि अपेक्षित सहयोग नपाएको उनले गुनासो गरे । “योजना पूरा गर्न तीनै तहको समन्वय अपरिहार्य छ,” उनले भने ।
तीन दशकपछि विवाद समाधान भई ट्र्याक खुलेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । सडक पूर्ण रूपमा स्तरोन्नति भई सञ्चालनमा आएपछि दाङको उत्तरी क्षेत्रका साथै रोल्पाको सीमावर्ती बस्तीमा आर्थिक, सामाजिक तथा यातायात पहुँचमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
यो सडक घोराही–तुलसीपुर मुख्य सडक बाढिका कारण अवरुद्ध भएको अवस्थामा भाइरल रोडका रुपमा चिनिने यहि सडक प्रयोग गरेर आवत जावत गर्ने गरीएको छ । वेला वेलामा आउने बाढिले मुख्य सडक सम्पर्क विच्छेद हुदा पनि यातायात व्यवसायीहरुले यहि सडकको बैकल्पिक प्रयोग गर्ने गरेका छन् । यति मात्र नभएर यो सडक पुर्ण रुपमा सन्चालनमा आएमा यसले जिल्लाको उत्तरी क्षेत्रका किसानहरुलाइ आफ्ना उत्पादनहरु बजारीकरण गर्नमा पनि मदत पुग्ने घोराही उपमहानगरपालिका–११ का वडाध्यक्ष कुल वहादुर लामीछानेले बताएका छन् । अहिले यो वैकल्पिक सडक घोराहीको बसपार्कदेखि हापुर हुदै मज्गैमा आएर मुख्य सडकमा भेटिने गरेको छ । अव विवाद मिलेपछि यो सडकको स्तरोन्नती द्रुत गतिमा हुने अपेक्षा स्थानियबासीहरुले गरेका छन् ।
यो सडक कालोपत्रै भैसकेपछि विरामीहरुलाइ एम्वुलेन्स प्रयोग देखि किसानहरुलाइ दुध बेच्न बजार आउजाउ गर्न पनि सहज हुने बताइएको छ । संघिय सरकार बजेट निर्माणका क्रममा रहेकाले यो सडकको स्तरबृद्धिकालागी यस क्षेत्रका संघिय सांसदहरुले विषयगत मन्त्रालयमा पहल गर्नुपर्ने पनि स्थानियबासीहरुको माग रहेको छ ।


