तुलसीपुर : भ्रष्टाचारको अन्त्य र सामाजिक सन्जालमाथी लगाइएको वन्देजलाई हटाउन माग गर्दै भदौ २३ गतेदेखि जेनजी समुहले गरेको आन्दोलनले उग्र रुप लिएपछि भदौ २४ गते मुलुकका अधिकांश भौतिक संरचना खरानीमा परिणत भए । तोडफोड र आगजनी भएका कार्यालयबाट केकसरी जनतालाई सेवाप्रवाह गर्ने विषयमा अन्तरीम चुनावी सरकारले अझै ठोस निर्णय लिन सकेको छैन ।
अहिले तोडफोड भएका र जलाइएका कार्यालयहरु सरसफाइ गरी मुचुल्का उठाउने काम सकिएको छ । केहि कार्यालयहरुले रंगरोगन समेत सुरु गरेका छन् । संभवतः धेरैजसो कार्यालयले दशै लगत्तै आम नागरीकलाइ सेवा प्रवाह गर्ने अन्तिम तयारी गरी रहंदा मालपोत कार्यालयको सेवा प्रवाह भने अझै अन्योलमा छ । मालपोत कार्यालयका कर्मचारीहरुले अझैपनि कहिलेदेखि सेवा सुरु हुन्छ भनेर भन्नै सकिने अवस्था नरहेको बताएका छन् । जेन्जी आन्दोलन उग्र भएपछि गत भदौ २४ गते तुलसीपुर मालपोत कार्यालय पनि पुर्ण रुपमा आगजनी भएर ध्वास्त बनेको थियो ।
‘अहिलेनै सेवा कहिलेदेखि सुचारु हुने भन्न सकिने अवस्था छैन, किनकि तुलसीपुर मालपोतमा धेरै महत्वपुर्ण कागजातसंगै कम्प्युटर र ल्यापटप समेत जलेका छन्, इन्टरनेट सेवा पुर्ण रुपमा जलेर नष्ट भएको छ । विद्युत सेवा समेत पुनः सुचारु गर्न सकिएको छैन’, मालपोत कार्यालय तुलसीपुरका नायव सुव्वा शान्तराज गौतमले साक्षिखवरलाइ भने । तुलसीपुर मालपोत कार्यालय अन्तर्गत जम्मा १३ वटा मोठहरु छन् । साविक तुलसीपुर सहित ६ वटा मोठ जल्नबाट जोगिएको मालपोत कार्यालयले जनाएको छ । तर पनि सवै मोठ भने जोडिन सकेको छैन ।
आगजनीमा तुलसीपुर, हलवार, लाहुरेचौर, वयाले सिमतारा, मानपुर, र वाघमारेका मोठहरु केहि जलेपनि अधिकांश जलेका छैनन् । जमविविको पनि २० प्रतिसत मोठ मात्र जल्न बाकि रहेको छ । टरीगाउ र उरहरीका ५÷६ वटा ढड्डा मात्र जल्नबाट बचेका छन् । बांकि सवै मोठहरु पुर्ण रुपमा जलेर ध्वस्त भएका छन् । त्यसैगरी कार्यालयका संपुर्ण जिन्सि सामान, तामेली, मुद्धाफांट, रजिष्टे«शन लगायत सवै फांटका कागजात जलेर नष्ट भएको मुचुल्का तुलसीपुर मालपोत कार्यालयले उठाएर संबन्धित निकायमा पठाइ सकिएको जनाएको छ ।
अहिले तुलसीपुर मालपोत कार्यालयमा पुर्ण रुपले जल्नबाट जोडिएका ६ वटा कोठालाइ रंगरोगनको काम भैरहेको छ । संभवतः दशै अघि रंगरोगनको काम सकिने छ । अव सेवा प्रवाहका लागी आवस्यक कम्प्युटर, कुर्चि टेवल, इन्टरनेट सेवा, विद्युत सेवा लगायतको व्यवस्थापनमा सरकारले सहयोग गरे जल्न बांकि रहेका क्षेत्रका स्थानिय सेवाग्रँहिहरुले सेवा पाउन सक्ने नासु गौतमले बताएका छन् । अन्य क्षेत्रका सेवाग्राहिलाइ भने तत्काल सेवा उपलव्ध गराउन नसकिने मनस्थीतिमा तुलसीपुर मालपोत रहेको देखिन्छ । मोठ जलेको विषयमा सरकारले आवस्यक कार्यविधि बनाएर यो प्रारुपमा काम गरी जनतालाइ सेवा दिने व्यवस्थापछि मात्र तुलसीपुर मालपोतले नागरीकलाइ सेवा दिन सकिने बताएको छ । तर जलेका कार्यालयहरुबाट केकसरी जनतालाइ चाडो भन्दा चाडो सेवा दिन सकिन्छ भन्ने विषयमा सरकारको आधिकारीक निर्णय आइसकेको छैन ।
तुलसीपुर स्थीत मालपोत कार्यालयबाट प्राप्त मुचुल्का अनुसार तोडफोड र आगजनीमा सो कार्यालयको सेवा क्षेत्र अन्तर्गत क्षति भएको मोठ साविक १३ गाविस मध्ये ७ गाविसको मोठ जलेर पुर्ण रुपमा क्षति भएको, क्षति भएको तामेली कोठा संख्या ७ रहेको, ४ वटा साइकल, २७ थान कम्प्युटर, ६ थान ल्यापटप, ४ वटा राउटर, नेटवर्किङ डिभाइस सिस्टम एउट, फोटोकपि मेसीन ४ वटा, प्रिन्टर २७ थान, टेलिभिजन १ थान, साउन्ड सिस्टम एक थान, विग्रिएको मोवाइल २ थान, सिसि टिभि क्यामेरा सिस्टम थान १, डिसहोम थान १, वेभ क्यामेरा थान ९, स्क्यानर थान ७, फ्याक्स मेसीन थान १, प्रोजेक्टर थान १, डिजिटल एटेन्डेन्स मेसीन थान ७ जलेर पुर्ण रुपमा नष्ट भएका छन् ।
त्यसैगरी सिलिङ पंखा थान ३, वाल पंखा थान ५, युपिएस थान ३ जलेर नष्ट भएको कार्यालयको मुचुल्कामा उल्लेख छ । त्यसैगरी इनभर्टर व्याटिूू, स्टेवलाइजर, सोलार प्यानल, कुलर फ्यान, फिंगर प्रिन्ट, नेटवर्किङ विद्युतिय वल्प, एल्मुनियम पार्टिशन, टेवल, कुर्चि, दराज, सोफा, कुर्चि, टि टेवल, कम्प्युटर टेवल, वेन्च, ¥याक, थ्रि सिटर सोफा, कार्पेट, पानी फिल्टर, साइनवोर्ड, सेफ, ग्रिल ¥याक पनि जलेर पुर्ण रुपमा नष्ट भएको पनि कार्यालयका कर्मचारी शान्तराज गौतमले जानकारी दिएका छन् ।
जलेका सवै बस्तुहरुको व्यवस्थापन गर्न कार्यालयको बजेटले मात्र संभव नहुने भएकाले यसमा सरकारले तत्काल कुनै निर्णय लिएर जनताको सेवा प्रवाहलाइ सुनिश्चित गरीने पनि कार्यालयको अपेक्षा रहेको छ ।
- साक्षी खबरबाट


