जेन्जी पुस्ताहरुको आन्दोलनका कारण तोडफोड र आगजनी भएका कार्यालयहरुले खरानी पखालेर कार्यालय सन्चालन गरी जनतालाइ सेवा दिन सुरु गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले त्रिपालमुनी बसेर नागरिकलाई सेवा दिन थालेसंगै आन्दोलनमा तोडफोड र पुर्ण रुपमा आगजनी भएको तुलसीपुर उपमहानगरपालिका–१८ ले पनि सोमवारदेखि सेवा सुरु गरेको छ ।
आन्दोलन र आगजनीले अक्रान्त मुलुक करिव एक सातापछि विस्तारै लयमा फर्कने जमर्को गरेको छ । यद्यपि विद्युत, इन्टरनेट सेवा, तथा धेरै कम्प्युटर जलेका कारण सहज रुपमा सेवा प्रवाह गर्न भने अझै केहि दिन लाग्ने बताइएको छ । ‘हामीले करीव तीन/चार दिन लगाएर कार्यालयको खरानी सफा गरेपछि आजदेखि काम सुरु गर्यौ, सोमवार एक जना सेवाग्राहिले नागरीकताको सिफारीस लगेका छन्’, तुलसीपुर उपमहानगरपालिका–१८ का एक जना कर्मचारीले बताए । पहिलो चरणमा अत्यावश्यक सेवा प्रवाहको तयारी वडा कार्यालयले गरेको छ । अन्य काम पनि यसै साता सवै सुचारु हुने पनि वडा कार्यालयले जनाएको छ ।
उता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पनि कार्यालयका हरेक कोठामा जलेको खरानी पन्छाइनसक्दै अत्यावश्यक सेवा प्रवाह सुरु गरीसकेको बताए । ‘हामीले झोलाबाट सिफारीस दिएर पनि अत्यावस्यक काम रोक्ने छैनौं, आजै पनि केहिलाइ सिफारीस दिइएको छ’, आफैले आयोजना गरेको सर्वदलिय/सर्वपक्षिय बैठकमा मेयर चौधरीले बताए । आगजनी र तोडफोडले अकल्पनिय क्षति भएको बताउदै आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्ता काममा संलग्न हुनेहरुको पहिचान गरी कारवाहिकालागी सिफारीस गर्न पनि सर्वदलिय/सर्वपक्षिय बैठक सहमत भएको थियो ।
जेनजी प्रदर्शनीका क्रममा तोडफोड र आगजनी भएको जिल्ला अदालतले पनि काम थालेको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरले पनि काम थालीसकेको जनाएको छ । त्यसैगरी आगजनी र तोडफोड भएको ववइ गाउपालिकाले पनि सेवाग्राहिहरुलाइ अत्यावस्यक सेवा दिन सुरु गरीसकेको प्रमुख प्रशाशकिय अधिकृत जोखिम वलीले बताएका छन् । प्रदर्शनीका क्रममा भएको अकल्पनिय धनजनको क्षतिले अक्रान्त र असुरक्षित महसुस भएपछि आगजनी भएका कार्यालयहरु मात्र होइन, सग्ला कार्यालयहरुले समेत सेवा प्रवाह दिन केहि दिन रोकिनु परेको थियो । आगजनीको तेस्रो दिन सम्म निषेधाज्ञा र कफ्यु लगाइएका कारण बैंक तथा वित्तिय संस्थाहरुले पनि आफ्नो कारोवार बन्द गरेका थिए । केहि दिन सार्वजनिक यातायात सेवा समेत बन्द हुदा व्यापार व्यवसाय समेत ठप्प थियो । सग्ला कार्यालयहरुले पनि यहि असहजताका कारण तीन दिन सम्म सेवा ठप्प पारे ।
‘अव विस्तारै बजार क्षेत्र वामेसर्न थालेको हामीले पाएका छौं’, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देव वहादुर केसीले भने । आइतवार र सोमवार बजारमा चहलपहल क्रमश बढिरहेको पनि उनको अनुमान थियो ।
जेनजीको प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा परेका सवारी साधन र आगजनी भएका सरकारी कार्यालय एवं निजि रहेका छन ।
दाङमा १८९ वटा सवारी साधन जलेर खरानी
दाङमा जेनजी पुस्ता आन्दोलनकारीहरूले १ सय ८९ वटा सवारी साधनमा आगजनी गरेर खरानी बनाएका छन् । जसमध्ये चारपांग्र्रे सरकारी गाडि ३३, चारपांग्रे गाडि निजि २, टिप्पर ३, टेक्टर १, स्काभेटर १, टेलर १, लोडर १, टेंकर १ र दमकल १ गरी जम्मा ४४ रहेका छन् । त्यसमा मोटरसाइकल सरकारी ८४, मोटरसाइकल निजि ४७, स्कुटर निजि ३ अटो निजि १, साइकल सरकारी १० गरी १४५ वटा रहेका छन् । त्यसैगरी पुर्ण रुपमा क्षति हुने चारपांग्रे ४०, आंशिक रुपमा क्षति ४ पांग्रे ४, पुर्ण रुपमा क्षति भएका दुइ पांग्रे सवारी १३४, पुर्ण रुपमा क्षति भएका ३ पांग्रे सवारी साधन १ र पुर्ण रुपमा क्षति भएका साइकल १० गरी जम्मा १८९ सवारी साधनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिका ३, जिल्ला सरकारी वकिलको कार्यालय १, भूमि सुधार तथा, मालपोत कार्यालय १, डिभिजन सडक २, नापी कार्यालय १, यान्त्रिक कार्यालय ३, जिल्ला टूाफिक कार्यालय २,(निजी१) सडक पूर्वाधार कार्यालय १, घरेलु तथा साना उद्योग कार्यालय १, उच्च अदालत तुलसीपुर ५, लोक सेवा आयोग तुलसीपुर २, आन्तरिक राजश्व कार्यालय २, भू तथा जलाधार संरक्षण कार्यालय १, उच्च सरकारी वकिलको कार्यालय १, घोराही उपमहानगरपालिका २, तुलसीपुर उपमहानगरपालिका ९, (निजी १) र प्रदेश निर्वाचन कार्यालय १ सहित ३८ वटा गाडीमा आगजनी गरेर खरानी बनाइएको छ ।
जसमध्ये २ वटा निजी गाडी छन् भने टिप्पर ३, ट्याङ्कर २, दमकल १ वटा रहेको बुढाले बताउनुभयो । त्यसैगरी आन्दोलनकारीले स्काभेटर १, लोडर १, टेलर १ समेत १० वटा चार पाङ्ग्रे सवारी साधनमा तोडफोड गरेर क्षेति पु¥याइएका छन् । त्यसैगरी दुई पाङ्ग्रे सवारी साधन अन्तर्गत (मोटरसाइकल) जिल्ला समन्वय समिति १८, जिल्ला अदालत १, जिल्ला सरकारी वकिलको कार्यालय १, भूमि सुधार तथा मालपोत कार्यालय २, सडक डिभिजन ३, नापी कार्यालय १, यान्त्रिक कार्यालय १, जिल्ला टूाफिक कार्यालय २९, (निजी २७) सडक पूर्वाधार ६, घरेलु तथा साना उद्योग कार्यालय ८, उच्च अदालत ४, इलाका प्रशासन कार्यालय १, लोक सेवा आयोग ५ (निजी १) भ–तथा जलाधार संरक्षण कार्यालय ४, (निजी १) जलस्रोत तथा सिँचाइ विकास डिभिजन ८, उच्च सरकारी वकिल ४, (निजी ३) घोराही उपमहानगरपालिका ७, तुलसीपुर उपमहानगरपालिका १३ ( निजी ७) समेत गरेर १२१ वटा मोटरसाइकलमा आगजनी गरेर ध्वस्त बनाइएको छ ।
जलाएर खरानी बनाएका मध्ये ४६ वटा मोटरसाइकल निजी रहेका छन् । त्यस्तै ६ वटा साइकल, अटो १, र ४ वटा मोटरसाइकलमा तोडफोड गरेर क्षति पु¥याइएको छ ।


