दाङको खाद्य स्वच्छताः खाना देखि दाना सम्म समस्या

विजौरी । आर्थिक बर्ष सकिएसंगै केहि बर्ष अघि मात्र दाङको तुलसीपुरमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सार्वजनिकिकरण गरेको समिक्षात्मक प्रतिवेदनमा दाङ जिल्लामा खाद्य सुरक्षाको अवस्था कमजोर देखिएको छ । मानिसहरुले दैनिक उपभोग गर्ने खाद्यान्न देखि पशु चौपायालाइ खुवाइने दानामा समेत गुणस्तरमा समस्या देखिएको छ ।

प्रयाप्त जनशक्ति तथा कार्यालय रहेको स्थानमै खाद्य प्रविधि प्रयोगशालाको अभाव हुदाहुदै पनि कार्यालयले बर्षभरीमा आफ्नो कार्यक्षेत्रका विभिन्न व्यवसायीक फर्म, होटल रेष्टुरेन्ट, खाद्यान्न उद्योग, तेल उद्योग, दाना उद्योग लगायतका विभिन्न स्थानमा स्थलगत अनुगमन गरी यो प्रतिवेदन तयार पारिएको कार्यालय प्रमुख पदम वरालले बताएका छन् ।

कार्यालयले ११ वटा दानाका नमुना समेत संकलन गरी परीक्षण गरेकोमा ४ वटा नमुना उपभोगकालागी योग्य थिएनन् । प्रतिसतका हिसावले जुन करीव ३३ प्रतिसत हो ।

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ वमोजिम आर्थिक बर्ष २०८१/०८२ मा दुध तथा दुधजन्य पदार्थ, तेल तथा घिउजन्य पदार्थ, फलफुल तथा साँगपात, मसला, चिया कफि, खाद्यान्य तथा दलहनजन्य प्रशोधित पिउने पानी, गुलियो पदार्थ, कन्फेक्सनरी तथा मासु तथा मासुजन्य पदार्थ गरी जम्मा १२१ नमुना संकलन गरेर स्वच्छता परीक्षण गरेको थियो । त्यस मध्ये खाद्यान्न तथा दलहनका ४६ नमुना संकलन गरिएकोमा ५ नमुना प्रतिकुल थिए । मासु तथा मासुजन्य नमुना एउटा संकलन गरेर परीक्षण गरिएकोमा सो नमुना खाद्य स्वस्थताका हिसावले प्रतिकुल थियो ।

त्यसैगरी खाद्य स्वच्छता सर्भिलेन्सकालागी हाल सम्म संकलन गरिएका दुध तथा दुग्ध पदार्थ, तेल तथा घिउजन्य पदार्थ, फलफुल तथा सागपात, मसला, चिया कफि, खाद्धान्य तथा दलहनजन्य प्रशोधित पिउने पानी, गुलियो पदार्थ, कन्फेक्सनरीतथा मासु तथा मासुजन्य पदार्थ गरी जम्मा ७१ नमुना संकलन गरी परीक्षण गर्दा दशवटा नमुना खाद्य स्वच्छताका हिसावले प्रतिकुल रहेको कार्यालयले जनाएको छ । यहि शिर्षक अन्तर्गत कार्यालयले ११ वटा दानाका नमुना समेत संकलन गरी परीक्षण गरेकोमा ४ वटा नमुना उपभोगकालागी योग्य थिएनन् । प्रतिसतका हिसावले जुन करीव ३३ प्रतिसत हो ।
त्यसैगरी कार्यालयमा उजुरी परेका गुनासाहरुको पनि संबोधन गरिएको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी उजुरी परेका उद्योगहरुमा सतगुण पाउरोटी तुलसीपुर, तुलसीपुरकै न्यु त्रिवेणि वेकरी उद्योग, हातेमालो पाउरोटि उद्योग घोराही, घोराही डेरी एण्ड वेकरी उद्योग घोराही, न्यु रोल्पाली फुड प्रोडक्शन घोराही, तुलसीपुर फ्लोरमिल, वालाजी ट्रेडिङ हाउस, घोराही, तुलसी उपभोक्ता सहकारी संस्था तुलसीपुर, पुर्णिमा सप्लायर्स, सतगुण पाउरोटि उद्योग तुलसीपुर, एभ्रेष्ट मसला उद्योग, होमल्याण्ड मसला उद्योगका विषयमा लेवलीङ, प्याकेजिङ, गुणस्तर लगायतका विषयमा विभिन्न गुनासाहरु आएका थिए ।

त्यसैगरी टिकटक मसला उद्योग, तुलसीपुरको अनुज्ञापत्र नलिएको, जयमातादी पाउरोटि उद्योग घोराही दाङले पाउरोटिको प्याकेट भित्र लेवल राख्ने गरेको, लमही तथा भालुवाङमा बेच्ने महमा गुणस्तर नभएको गुनासो आएपछि कार्यालयले नमुना संकलन गरी परीक्षण गर्दा मापदण्ड विपरीत भएकाले नष्ट गर्नुपरेको समेत प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी तुलसीपुर(९ मा रहेको भद्रकालि ड्रिंकिङ वाटर उद्योगबाट उत्पादित पानीको जार र वोतलमा सेतो धर्सा बस्तु देखिएकाले ती उत्पादन नष्ट गरी पुर्वाधार सुधार गरी जानकारी गराउन निर्देशन दिइएको पनि उल्लेख छ ।

लमहीको जय सम्भु पाउरोटि उद्योगबाट उत्पादित वर्फि मिठाइको गुणस्तरको सम्वन्धमा अनुगमन गर्न जांदा वर्फि मिठाइ उत्पादन नभएको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी शंकर स्टोर÷मनकामना स्टोर वड्डाडा प्युठानमा युरीया मिसिएको चामल विक्रि भैरहेको गुनासो आएकोमा चेकजांचका लागी नमुना संकलन गरिएको पनि कार्यालय प्रमुख वरालले बताएका छन् ।

जिल्लामा कार्यालय रहेर पनि खाद्य स्वच्छता परीक्षण गर्न उपयुक्त प्रयोगशाला नहुदा व्यवसायीहरुले खुलेआम अखाद्य सामाग्रिहरु वेचविखन गर्दे आएका छन् । अनुगमनमा जाने, नमुना संकलन गर्ने र प्रतिकुल नमुना नष्ट गर्ने वाहेक ऐन अनुसार आर्थिक तथा अन्य ठुला कारवाहि नहुदा बजारमा यस्तो प्रबृत्ति निरुत्साहित हुन सकेको छैन । उपभोक्ता अधिकारबादीहरुले यस विषयमा वारम्वार आवाज उठाउदै आएपनि अखाद्य उपभोग सामाग्रि वेचविखन गर्नेलाइ कारवाहि नगरेको गुनासो गर्दै आएका छन् ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा हरेक स्थानिय पालिकाले उपभोक्ता हक अधिकार संबन्धि कानुन निर्माण गर्ने र कानुन वमोजिम कारवाहि र दण्ड जरीमाना गर्ने अधिकार भएपनि स्थानिय पालिकाहरुले यसमा विशेष ध्यान दिन चाहेका छैनन् । स्थानिय पालिकाहरुको अनुगमन खालि पसल दर्ता गराउने उदेश्यमा केन्द्रित देखिन्छ ।

यस वाहेक म्याद नाघेका सामाग्रि नष्ट गर्ने र गुणस्तर कायम गर्नकालागी निर्देशन दिने वाहेकका कुनैपनि अर्थपुर्ण कारवाही हुन नसकेको उपभोक्ता अधिकारकर्मि केशव कुमार शर्माले बताएका छन् । उनका अनुसार अखाद्य बस्तुहरु विक्रि वितरण गर्नेलाइ कडा कारवाहि नभएसम्म मानव स्वास्थ्य माथि खेलबाडको काम निरन्तर भैरहने देखिन्छ ।

तर स्थानिय पालिकाहरु कारवाहिको पक्षमा अनुदार छन् ।
साभार : साक्षी खबरवाट

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस