बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ गरिएको छ ।
आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि सरसफाइ गरिएको थियोे ।
ठाकुर स्मृति प्रतीक्षालयको भित्र देखी लिएर त्यस वरिपरि त्यहाँ आउने मानिसहरुले भोला, चुरोट, सुर्तीजन्य,चाउचाउ लगायत बस्तुहरु खाएर जथाभावी फोहोर फाल्ने गरिएको थियोे ।
ठाकुर स्मृति प्रतीक्षालयको माथिल्लो तल्लामा घास र माटोले गर्दा बर्खायाममा पानीको भाग भित्र आउने भएकोले आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ गरिएको थियोे ।
ठाकुर स्मृति प्रतीक्षालयको भवनमा बिजौरी सामुदायिक सिकाइ केन्द्र पनि रहेको छ । उक्त बिजौरी सामुदायिक सिकाइ केन्द्र स्थापना २०७० साल बाट रहेता पनि ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि यसरी फोहोर हुँदा सम्म सरसफाइ अभियान भने एक पटक पनि नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य रबिन्द्र केसीले जानकारी दिए ।
चाडपर्व नजिकिदै गर्दा बिजौरी बजारको वरिपरिको फोहोरलाई ब्यवस्थापन गर्नको लागि सरसफाइ अभियानमा थालियको राष्ट्रिय स्वतन्त्र पार्टी लागी परेको वडा नं.१८ का सभापति शिवराज खत्रीले बताए ।


