विजौरी । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि हस्ताक्षर संकलन अभियान चलाएको छ। यता दाङ जिल्लाका विभिन्न स्थानहरुमा पनि उक्त अभियान चलाएको छ ।
दाङको विजौरीमा पनि हस्ताक्षर अभियान चलाइएको छ । रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध साधेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्य छ।

वुधबार १ बजेसम्म ११ सय भन्दा वढिले हस्ताक्षर गरेको तुलसीपुर उपमहानगर पालिका वडा नं. १८ का वडा सभापति शिवराज केसीले जानकारी दिनुभएको छ।
स्थानीय, सर्वसाधारण नागरिकको उल्लेखीय समर्थन देखिएको तुलसीपुर उपमहानगर पालिका वडा नं. १८ का वडा सचिव सचिव रविन्द्र के.सीले वताउनु भयो।
देशव्यापी तथा विदेशमा सञ्चालन भइरहेको यस अभियान मार्फत रास्वपाले न्याय, समानता र सत्ता दुरुपयोग विरुद्ध जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक मूल्यको संरक्षण गर्न लागिपरेको जनाएको छ।
प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार


