वडा न १० को आयोजनामा जेष्ठ नागरिक सम्मान


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न १०वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम आज सम्पन्न भएको हो ।


तुलसीपुर उपमहानगरपालिका वडा न १०ले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । वडा न १०ले पोषणयुक्त हरलिक्सले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।सम्मान कार्यक्रम अन्तर्गत वडा कार्यालयले स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था गरेको थियो । वडाका जेष्ठ नागरिकहरुलाई तीर्थाटन गराउने गरेको वडा अध्यक्ष यमराज केसीले जानकारी दिएका छन् । वडाभित्रका ८० वर्षमाथिका ४८जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको ।

कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष यमराज केसीले जेष्ठ नागरिकहरु देशको अभिभावक भएकोले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने बताएका छन् । उनले समाजमा ज्येष्ठ नागरिकको ठूलो योगदान रहेको र सबैले ज्येष्ठ नागरिकको कदर, सम्मान गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष केसीले जेष्ठ नागरिकहरुको लागि नेपाल सरकारले हरेक तहबाट सहयोग गरिरहेको बताए । अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफु प्रतिबद्ध रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।


सम्मान कार्यक्रममा जेष्ठ नागरिक सरोकार मञ्च लुम्विनि प्रदेश उपाध्यक्ष खुमानन्द अधिकारी, पुर्ण बहादुर भण्डारी लगायतकाले आफना कुरा राखेका थिए । वडा सदस्य ज्ञान बहादुर खडकाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक सरोकार मञ्चकाका वडा न १० का अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव चन्द्रकुमार डागीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस