तुलसीपुर । पूर्व राजा ज्ञानेन्द्र शाह मंसीर २९ गते शनिबार दाङ आउन लाग्नु भएको छ । घोराही उपमहानगरपालीका धारापानी पाण्डेवेश्वर मन्दिरको दर्शन र स्थानीयसँग भेटघाटका लागि पूर्व राजा दाङ आउने कार्यक्रम तय भएको हो ।
नेपालगंजबाट दाङ तुलसीपुरको बाटो हुदै घोराही धारापानी जाने तय भएको प्रचार प्रसार समितीका संयोजक मधुकर न्यौपानेले जानकारी गराउनु भएको छ । न्यौपानेका अनुसार दाङ तुलसीपुरमा पनि राजाले शुभचिन्तकहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएकोे जानकारी दिनुभयो ।
सो क्रममा दाङमा स्थानीयले पूर्व राजाको भव्य स्वागतकोलागी गंगा चौधरीको संयोजकत्वमा दाङमा रहेका बिभिन्न संघ संगठनका अध्यक्षहरु सह संयोजक रहने गरि १००१ मुल समिती बनाएकोछ ।
त्यसैगरि दाङको पश्चिम क्षेत्र तुलसीपुरकोलागी प्रेमबहादुर शाह संयोजक र सदस्य सचिवमा भुपाल रावत रहने गरि ५०१ समिती गठन गरेको मुलसमितीका सदस्य लक्ष्मण केसीले जानकारी गराएका छन् ।
स्वागतकोलागी बिभिन्न उपसमितीहरु समिति समेत गठन गरिएको छ । भ्रमणका क्रममा पूर्वराजाले स्थानीयसँग अन्र्तक्रिया समेत गर्ने बताइएको छ ।
नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना शाहले पश्चिम नेपालमा धार्मिक भ्रमण गर्नुहुने भएको छ। सोही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार दाङ आउन लाग्नु भएको हो ।


