गन्यारी कृषि सहकारीको साधारणसभा

बिजौरी । तुलसीपुर उपमहानगरपालिका—१८ विजौरी स्थीत गन्यारी कृषि सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम मंगलवार विजौरीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सहभागिहरुले सहकारीलाइ उत्पादनसंग जोड्न आग्रह गरेका छन् ।

साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीले सहकारीलाइ उत्पादनसंग जोडेर समृद्ध समाज निर्माणको लक्ष साकार पार्न आग्रह गरे ।
सहकारीलाइ उत्पादनसंग जोड्दा आन्तरीक रोजगारीमा बृद्धि हुनुका साथै उत्पादनमा समेत बृद्धि हुने भएकाले सहकारीको हरेक लगानी उत्पादनसंग जोडिनुपर्ने बताए ।

गन्यारी कृषि सहकारी संस्थाका सदस्य निमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रतिनिधि ववि न्यौपाने, पर्यावरणीय दिगो विकाश तथा अनुसन्धान केन्द्र हेमन्तपुरका अध्यक्ष डिल्लीवहादुर रावत, राष्ट्रिय सहकारी बंैक तुलसीपुरका प्रवन्धक पुष्पा क्षेत्री, जिल्ला सहकारी संघका उपाध्यक्ष सरस्वता गौतम, कृषि सहकारी संघ लुम्विनी प्रदेश कोषाध्यक्ष चित्रा धिताल, ओजरार कृषि सहकारी संस्था नारायणपुरका अध्यक्ष कमला चौधरी, संस्थाका सल्लाहकार राजकुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले गन्यारी कृषि सहकारी संस्थाका सचिव सम्झना चौधरीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सीता चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारीत गरेको छ । कार्यक्रमको सहजीकरण कार्यालय सचिव शुशिला चौधरीले गरेकि थिइन् । सो सहकारीमा तुलसीपुर उपमहानगरपालिकाका उन्नीसै वडाका गरी कम्तिमा ४ सय ७० भन्दा बढि सदस्य आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस