पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार दाङ आउने

तुलसीपुर । पूर्व राजा ज्ञानेन्द्र शाह मंसीर २९ गते शनिबार दाङ आउन लाग्नु भएको छ । घोराही उपमहानगरपालीका धारापानी पाण्डेवेश्वर मन्दिरको दर्शन र स्थानीयसँग भेटघाटका लागि पूर्व राजा दाङ आउने कार्यक्रम तय भएको हो ।


नेपालगंगबाट दाङ तुलसीपुरको बाटो हुन्दै घोराही धारापानी जाने तय भएको स्वागत सत्कार समितीका सदस्य अम्मर बहादुर ओलीले जानकारी गराउनु भएको छ । ओलीका अनुसार दाङ तुलसीपुरमा पनि राजाले शुभचिन्तकहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएकोे जानकारी दिनुभयो ।


सो क्रममा दाङमा स्थानीयले पूर्व राजाको भव्य स्वागतको तयारी गरेका छन । त्यसका लागि समिति समेत गठन गरिएको छ । भ्रमणका क्रममा पूर्वराजाले स्थानीयसँग अन्र्तक्रिया समेत गर्ने बताइएको छ ।


नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना शाहले पश्चिम नेपालमा धार्मिक भ्रमण गर्नुहुने भएको छ। सोही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार दाङ आउन लाग्नु भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस