किवानिज इन्टरनेशनल डिभिजन ५ ले भेट्यो लुम्वीनि प्रदेशका मुख्यमन्त्रीलाइ

भालुबाङ । किवानिज इन्टरनेशनल डिभिजन ५ का एल टि गर्भनर भुपाल रावतको नेतृत्वमा गएको टोलीले आज आइतबार लुम्वीनि प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यसंग भेटघाट गरेको छ ।

टोलीमा लर्डबुद्धका च्याटर प्रिजिडेन्ट एवम डिभिजन सेक्रटरी बंशीकुमार शर्मा लर्डबुका प्रिजिडेन्ट नारायाणी रजौरे , रोज क्लवका प्रिजिडेन्ट डिल्ली बहादुर डागी , चेत नारायण खनाल गएको पत्रकार दामोदर बस्नेत राकेशले जानकारी गराएका छन् ।


अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिज इन्टरनेशनल क्लवले विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने भएकोले लुम्वीनि प्रदेशमा मोवाईल मेडिकल सर्भिस सञ्लानको लागी मुख्यमन्त्रीसंग भेटघाट गरेको हो ।

मुख्यमन्त्री आचार्यले सेवारहित संस्थाले लोक कल्याणकारी काम गर्नका लागेकोमा प्रशंसा गर्दै सञ्चालन प्रकृयालाई सहज तुल्यान आफनो सहयोग रहने बताउनु भयो । उहाले क्लवले काम गर्नको लागिे तत्काल तथा दिर्घकालीन योजना बनाएर अगाडि बढनु पर्ने सुझाव दिनु भयो ।

क्लवले बिशेष गरि वालबालीकाको क्षेत्रमा हेर्ने भएकोले बालबालिकालाई शारीरिक, बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने सुझाव दिनुभयो ।उहाले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजानु पर्ने उहाको धारणा थियो ।


त्यसैगरी रावतको नेतृत्वमा गएको टोलीले स्वास्थ मन्त्री खेम बहादुर सारु र स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायसंग पनि भेटघाट गरेको छ । नेपालनै पहिलो पटक मोवाइल मेडिकल सर्भिस बस सञ्चालन गर्नलागेमा सञ्चालन प्रकृयालाई सहज तुल्याउन लुम्वीनि प्रदेशका स्वास्थ्यमन्त्री सारुले कार्य बिधि ऐन नियमको परिधिमा रहि सिफारिस गर्न सकिने जानकारी गराउनु भएको छ ।


क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने भएकोले नेपाल डिष्ट्रिकलाई प्राप्त भएको मोवाईल मेडिकल सर्बिस बस डिभिजन ५ लाई दिएको डिभिजन ५ का गर्भनर रावतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस