तुलसीपुर । नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा दर्जन बढिले रक्तदान गरेका हुन । रगतको अभाव कहि कतै नहोस् । रगतकै अभावका कारण कुनैपनि बिरामी उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा एक दर्जन जतीले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी तुलसीपुरउप–शाखा सभापती देविका नेपाली घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटि दाङका उप मन्त्री बिमल के सी रहेका थिए । प्रमुख अतिथी केसीले रक्तदान नै जीवन दान भएकाले सबैले रगत दान गर्नुपर्ने बताए । आफुले ३९औ पटक रक्तदान गरिसकेको वताए ।
रक्तदान गरेपछि शरिरमा फुर्ति आउने अनुभव सुनाएका थिए । प्रमुख अथिती केसीले रक्तदान दिन भनि आएका पचास जना बिद्यार्थीलाई रगतको महत्वको वारेमा परिक्षण दिएका थिए । विद्यार्थीहरु सवै १८ वर्षमुनि भएकाले रक्तदान गर्न नपाएकोमा उमेर पुगेपछि प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा तुलसीपुर ५ निवासी लक्ष्मण खडका र संगीता खडकाले छोराको जन्मदिनको उपलक्ष्यमा रक्तदान गरेका छन । त्यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सर सफाई संस्थाका उपाध्यक्ष सिताराम शर्मा सहित १२ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा तुलसीपुर खानेपानीका कर्मचारी, चिरण खडका, ओम ओली, मानबहादुर खडकालगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटि तुलसीपुर उप–शाखाका सदस्य सिताराम शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमामा तुलसीपुर खानेपानि उपभोक्ता तथा सर सफाई संस्थाका चिरण खडका , लगायतकाले रक्तदानका विषयमा आफना धारणा राखेका थिए कार्यक्रममा सह–सचिव बसन्त के सी, गोपाल रावतको रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमको सहजीकरण उपशाखा सचिव वंशीकुमार शर्माले गरेका थिए
प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार


