भोलि सरकारी कार्यालय खुल्ने भएपछि काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं : आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ ।

दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो ।

उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए । 

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस