शुक्रबार र शनिबार वर्षाको उच्च जोखिम, रात्रिबस नचलाउन आग्रह

दाङ । गृह मन्त्रालयअन्तर्गतकाे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रातिको समयमा बस नचलाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ ।  प्राधिकरणले एक सूचना जारी गर्दै वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा रात्रीकालिन बस नचलाउन भनेको हो । जल तथा मौसम विज्ञान विभागले लगातार चार दिन भारी वर्षाको पूर्वानुमान गरेपछि यस्ताे सूचना जारी गरिएकाे हाे । 

शुक्रबार र शनिबार कोशीका ११, मधेशका ३, बागमतीका १२, गण्डकीका १०, लुम्बिनीका १२, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला भारी वर्षाको उच्च जोखिममा रहेका छन् । यीमध्ये हिमाली र पहाडी जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाे छ । 

साथै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस