दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि सर्टिफिकेट शुल्क निर्धारण गरेको छ । मगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको सर्टिफिकेट शुल्क निर्धारण गरेको हो । शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षा सम्मको ५ सय, ६ देखि ८ कक्षा सम्मको १ हजार र ९ देखि १२ कक्षा सम्मको ३ हजार रुपैयाँ सर्टिफिकेट शुल्क निर्धारण गरिएको छ ।
उनका अनुसार यो शुल्क निर्धारण तुलसीपुर उपमहानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयकालागि निर्धारण गरिएको हो । ‘हामीले मावि तहसम्मको सर्टिफिकेटको अधिकतम शुल्क तोकेका छौँ ।’ भण्डारीले भन्नुभयो, ‘तोकिएको भन्दा बढी लगेको पाइएमा कारवाही हुन्छ ।’
प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार


