दाङ– लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक आज सोमवार बस्दै छ।
दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेश गर्ने कार्यसूची छ।
साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सहित मन्तव्य राख्ने कार्यसूची रहेको छ। साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ।
प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार


