तुलसीपुर । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुरको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार पूर्व अध्यक्ष देवीबहादुर डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सहभागीहरूले निजी क्षेत्रले नेपालमा यातायात क्षेत्रमा ठुलो लगानी लगाई सेवा दिए पनि राज्यले बेवास्ता गर्नु दुःख भएको बताए ।कार्यक्रममा प्रमुख अतिथि डिसीले सार्वजनिक यातायातलाई यात्रु मैत्री बनाउनु पर्ने भन्दै यात्रुलाई राम्रो व्यवहार गर्नुपर्नेमा जोड दिए ।‘पहिले भन्दा अहिले यातायात क्षेत्र धेरै फराकिलो भएको छ, अव हामीहरू पनि समय सापेक्ष यसलाई सुधार गर्दै जानुपर्छ उनले भने ।’डिसीले गाडी धनीहरू लोभी र सडकको अवस्था राम्रो नहुँदा दुर्घटना हुने भन्दै गाडीको अवस्था र राम्रो गराउन साहु लाग्नु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा समितिका पूर्व अध्यक्षहरू प्रेम बस्नेत, नेत्रमणि लामिछानेले यस क्षेत्रको पहिलो यातायात समिति हाल रूपान्तरित त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले धेरैलाई रोजगारी दिनुका साथै अहिलेको नेतृत्वको समितिले सुविधा सम्पन्न गाडीहरू भित्राएर सेवा दिएको बताएका थिए । त्यस्तै नायक निखिल उप्रेतीले सकारात्मक ज्ञान, व्यवहार र आचरणको विषयमा प्रशिक्षण दिदैँ पेसा सानो ठुलो नहुने भन्दै आफ्नो पेशालाई मर्यादित गराउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेलले यातायात क्षेत्रको सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै त्यसमा पनि विशेष जिम्मेवार चालक हुनुपर्ने बताए ।कार्यक्रममा यातायात व्यवसायी केशव भण्डारीले पहिले २ घण्टाको बाटोको यात्रा अहिले ६ घण्टा लाग्ने भन्दै राज्यले यसमा ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्घका उपमहासचिव घनश्याम डाँगीले सेवामा प्रतिस्पर्धा हुनुपर्ने भन्दै बाटोको अवस्था र अन्य विभिन्न कारणले पछिल्लो समयमा दुर्घटना बढेको बताए ।
चलचित्र पत्रकार सङ्घका केन्द्रिय सदस्य धुर्वराज न्यौपानेले अहिले यातायात क्षेत्रको अवस्था र त्यसको सुधारको विषयमा आफ्नो भनाई राखेका थिए ।त्यस्तै प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले नवीनतम कार्यक्रममा गर्दै आएको बताए ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी कलाकार कमल गाउँले पूर्व जनप्रतिनिधि नवराज लामिछाने, डा। लोकराज पराजुली जिल्ला ट्राफिक प्रमुख राजेश शाही, नेपाल यातायात मजदुर सङ्घ दाङका अध्यक्ष पदम वली, प्रालिका सल्लाहकार विनोदकुमार रावत, कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर वली, यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष दीपक बुढाथोकीलगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष हमालले यातायात क्षेत्रलाई व्यवस्थित गराउन आफुहरु मात्र लागेर नहुँने भन्दै सवैले सहयोग गर्नुपर्ने बताए ।उनले आफुहरुले विभिन्न समयमा प्रालिमार्फत सामाजिक तथा रचनात्मक काम गदै आएको सुनाए । साधारण सभामा उत्कृष्ट कर्मचारी, त्यस्तै गोला प्रर्थाबाट एक जना व्यसायीलाई नगद ५५ हजार ५५५ र अन्य व्यवसायीहरुलाई ५५ सय पुरस्कार तथा टायर मोविल समेत वितरण गरिएको थियो ।कार्यक्रममा साङ्ठनिक प्रतिवेदन प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।प्रालिका संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभाको सञ्चालन प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।


