राप्रपा दाङद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगर पार्टिको आयोजनामा शुक्रवार गणेशपुर पार्कमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।


तुलसीपुर नगरकमिटीका अध्यक्ष पर्वत वस्नेतको सभापतित्व तथा केन्द्रीय सदस्य सरिता देवकोटाको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य मधुसुदन केसी, लुम्विनि प्रदेश सह सचिव दिपक धिताल र केन्द्रीय महिला सदस्य बिमला घर्तीको विशिष्ट आथीतथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आधुनिकता संगै तिजमा धेरै बिकृतिहरु पनि देखिएकोले त्यस्ता बिकृतिलाइ हटाउदै मौलिकताले भरिएको तिज कार्यक्रम मनाउने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरिता देवकोटाले मौलीकताले भरिएको तीज पर्व पुरुष र महिलाहरु दुवैकालागि एकदमै महत्वपूर्ण छ । आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।


सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र मौलीकताकोलागी एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइन । केन्द्रीय सदस्य देवकोटाले सामाजिक सद्भाव कायम गर्न सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिन। कार्यक्रममा राप्रपाकोभातृ संगठन महिला केन्द्रीय संगठनकी सदस्य बिमला घर्तिले तीज पर्वमा चेलीको माइतीसंग विशेष सम्बन्ध रहेको छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन ।

महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

त्यसैगरि राप्रपा जिल्ला महिला संघकी अध्यक्ष जानुका वस्नेतले सवै दिदि बहिनीहरुलाई शुभकामना दिदै मोलीक संस्कृती बचाउनु पर्नैमा जोड दिइन । तिज मिलन कार्यक्रममा सहभागी र आयोजकलाई राप्रपा क्षेत्र न २ ख प्रदेश सभाका अध्यक्ष चुर्ण ओलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्र न ३ ख प्रदेश सभाका अध्यक्ष श्रीमणी न्यौपानेले गरेका थिए । भने उपस्थित सम्पुर्णलाई धन्यबाद निर्वाचन क्षेत्र न ३ क प्रदेश सभाका अध्यक्ष लक्ष्मण केसीले दिएका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस