तुलसीपुरमा भायनेटको विशेष अफर

तुलसीपुर । दाङको तुलसीपुरमा भायनेट कम्युनिकेशनले विशेष अफर ल्याएको छ । यही भदौ १० गते कृष्ण जन्माष्टमीको अवसरमा भायनेट तुलसीपुर शाखाले इन्टरनेट र टिभिसहितको १२ महिने प्याकेजमा विशेष अफर ल्याउन लागेको शाखा प्रमुख विकाश बस्यालले जानकारी दिनुभयो ।

त्यस्तैगरी एक महिनाबाट १२ महिना तथा तीन महिनाबाट १२ महिनामा अपग्रेड गर्नु चाहने ग्रहाकहरुको लागि भदौ १ गतेदेखि नै विशेष अफर लागू गरिएको प्रमुख बस्यालले जानकारी दिनुभयो ।

भायनेट नयाँ जडान तथा पुरानो ग्रहाकहरुले थप जानकारी लिन तुलसीपुर उपमहानगरपालिका कार्यालयको पश्चिमतर्फ एनआइसी एसिया बैंकसँगै सटेको घरमा रहेको कार्यालयमा सम्पर्क गर्न शाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस