सुनको मूल्य आज तोलामा ९ सय घट्‌यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस