तुलसीपुर– दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा वडा नं. ३ भित्रका नागरिकहरुको निःशुल्क कान जाँच गरिएको हो ।
वरिष्ठ कान सहायक तथा आउटरिच इञ्चार्ज भिसनकुमार थारु र वरिष्ठ कान सहायक चिकित्सक तीर्थमान थारुसहितको टोलीले कानको निःशुल्क जाँच गरेको थियो ।
एक दिने शिविरमा कानको जाँच, निःशुल्क औषधि वितरण र सल्यक्रिया गर्नुपर्ने बिरामीलाई उपचारको क्रममा १० प्रतिसत छुट दिइने डा. भिसनकुमार थारुले बताउनुभयो । शिविर उद्घाटन अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले नागरिकको स्वास्थ्यको सवालमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो ।
शिविर उद्घाटन अवसरमा बोल्दै वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरीले आफ्नो वडामा कानको समस्या धेरै रहेको भन्ने गुनासोपछि निःशुल्करुपमा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगञ्जको समन्वयमा शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविरमा दुई सय ३२ जनाले कानको जाँच गराएका थिए ।
जसमध्ये १३ जनालाई अपरेसनका लागि सिफारिस, कान सुन्ने मेसिन १५ जनालाई र सामान्य कानको जाँच तथा औषधि वितरण गरिएको वडाध्यक्ष शुकलाल चौधरीले बताउनुभयो ।


