अम्बिकेश्वरी क्याम्पसमा बिआइएम, बिएस्सी सिएस आइटी र बिसिए अध्यापन

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित अम्बिकेश्वरी क्याम्पासमा शैक्षिकसत्र २०८१ का लागि स्नातक तहमा भर्ना आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अम्बिकेश्वरी क्याम्पसमा शैक्षिकसत्र २०८१ का लागि स्नातक तहमा नयाँ भर्ना आह्वान गरिएको हो । शैक्षिकसत्र २०८१ का लागि बिआएम, बिसिए र बिस्सी सिएस आइटीमा भर्ना खुलेको क्याम्पसले जनाएको छ ।

२०६९ सालमा दाङमा स्थापना भएको क्याम्पसले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले क्रियाकलापमा आधारित शिक्षण सिकाइमा जोड दिँदै विद्यार्थीलाई सिपसँग जोड्दै लगेको क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले बताए ।

‘स्थापनाकालदेखि नै कलेजले उत्कृष्ट नतिजा प्रदान गर्दै आएको छ । शैक्षिक गुणस्तर कायम गर्नुका साथै हामीले आइटी क्षेत्रका अब्बल जनशक्ति उत्पादन गर्दै आएका छौँ । अहिले यस क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न क्षेत्रमा आवद्ध रहनुभएको छ । हामीले स्वरोजगारमुखी शिक्षालाई प्राथमिकतामा राखेका छौँ ।

यस क्याम्पसबाट उत्पादन भएका कतिपय जनशक्ति स्वरोजगारमा हुनुहुन्छ भने कतिपय जनशक्ति रोजगारमा आवद्ध रहनुभएको छ । ’ खनालले थपे ‘शैक्षिक योग्यता हुँदाहुँदै पनि बेरोजगार रहनुपर्ने शैक्षिक प्रणाली र शैक्षिक विधाबाट टाढा रहेर रोजगारमूलक शैक्षिक अभियानका विषय क्याम्पसले सञ्चालन गर्दै आएको छ ।’

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस