किवानिज इन्टरनेशनल नेपालको छैटौं डिष्ट्रिक्ट कन्भेन्सन इटहरीमा हुदै

डिस्ट्रीक भाइस गभर्नरमा रामहरि सुवेदी र श्याम कृष्ण फुयाल भिड्दै

दाङ । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले छैटौं डिष्ट्रिक्ट कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । यहि साउन २५ र २६ गते इटहरीमा हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।

डिस्ट्रीक भाइस गभर्नरमा रामहरि सुवेदी र श्याम कृष्ण फुयाल चुनावी मैदानमा छ्न । यस अघि रामहरि सुबेदीले विभिन्न सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । किवानिज क्लब अफ अन्नपूर्ण नेपालका संस्थापक अध्यक्ष रहेका सुवेदी किवानिज बर्ष २०१८-१९ र २०१९-२० मा Key Leader , २०२०-२१ डिस्ट्रीक्ट सह कोसाध्यक्ष , २०२१-२२ डिस्ट्रीक्ट कोसाध्यक्ष , २०२२-२३ डिभिजन ४ र ५ का कन्सुलर हुँदै बर्ष २०२३-२४ का लागि डिभिजन ६ का ल्युटिनेन्ट गभर्नरका रुपमा भुमिका निर्वाह गरेका छन् ।
नेतृत्व बिकास सम्बन्धि दर्जनौं तालिम ,सेमिनार , सम्मेलनमा भाग लिएका सुवेदी एक कुशल प्रशिक्षक पनि हुन् ।

सन् २०२० मा काठमाडौंमा सम्पन्न ४५ औं ASPAC सम्मेलनमा स्वास्थ्य समितिको संयोजक, २०१९ मा बारा जिल्लामा आएको भीषण हुरि ( टोर्नाडो ) पश्चात दैबी प्रकोप राहत बितरण समितिको संयोजक तथा २०२३ मा जाजरकोट र रुकुममा आएको बिनासकारी भुकम्प पश्चात ४ वटा बिद्यालय निर्माण समितिका संयोजक समेत रहि आफ्नो जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गरेका सुवेदी क्लब निर्माण र सदस्य निर्माणमा पनि अब्बल रहेका छन् ।

यता अर्का उम्मेदवार श्याम कृष्ण फुयालको पनि सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान भएको जानकारी दिनु भएको छ ।

इटहरीमा हुने कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको डिष्ट्रिक्ट गभर्नर तिर्थ कुमार सिंहले जानकारी गराउनुभयो ।
साथै गभर्नर सिंहले छैटौ डिष्ट्रिक्ट कन्भेन्सनमा ५ सय भन्दा बढी किवानिजहरुको उपस्थिति रहने विश्वास व्यक्त गर्नु भयो । साथै उक्त कन्भेन्सनमा Kiwanis international Board of Trustee Mohan Lamsal , Chang Ching Hsu , ASPAC Chair Sujan kumar Shrestha , ASPAC Chair Elect Wu Tien Huang , Philipine South District Governor Gigi Chan Chu लगायत विभिन्न मुलुकबाट बिशिस्ट ब्यक्ति हरु उपस्थित हुने कुरा गभर्नर सिंहले जानकारी दिनुभयो ।

कन्भेन्सनको होस्ट स्थानिय किवानिज क्लब अफ इटहरीले गर्ने भएको छ । क्लवका अध्यक्ष मनिता तामाङले यो कन्भेन्सनलाई यौटा अवसरका रुपमा लिएको वताउनु भएको छ । इटहरीमा हुने किवानिजको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ ।

‘१३९ क्लव ,२३ सय मेम्बर मध्य उक्त कन्भेन्सनमा पाच सय भन्दा बढी किवानिज प्रतिनिधिहरु देश तथा विदेशका विभिन्न भागबाट इटहरीमा एकैपटक आउँदा यहाँको पर्यटनले पनि गति लिने वताइएको छ ।

यसै बीच डिभिजन ५ का एलटि गभर्नर भुपाल रावतले डिभिजन ५ का सबै क्लबहरुको सक्रिय सहभागिता रहने जानकारी दिनु भयो । यता लर्ड बुद्ध क्लब तुलसीपुरका अध्यक्ष बंशि कुमार शर्माले उक्त कार्यक्रममा सहभागी हुन पाउदा खुसी व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस