निरन्तर क बर्गमा साक्षी खबर, दाङका अरु पत्रीका कुन बर्गमा हेर्नुस्

तुलसीपुर । दाङको तुलसीपुर क्षेत्रलाई केन्द्रबिन्दु मानेर सञ्चालित साक्षी खबर पत्रीका क बर्ग मा पर्न सफल भएको छ ।
हरेक बुधबार प्रकाशित हुने साप्ताहिक पत्रीका आव २०७८/०७९ मा पनि प्रेस काउन्सिलको बर्गिकरणमा समावेश भएको छ ।

काउन्सिलले शुक्रबार प्रकाशन गरेको नतिजामा क बर्गमा समावेश गरेको हो । पत्रिका २०६८ साल असोज २ गते देखि प्रकाशन आरम्भ गरेको थियो ।

पत्रिकाको प्रकाशक तथा सम्पादकमा दामोदर बस्नेत राकेश´ , प्रधान सम्पादकमा सुनिल कुमार पोख्रेल रहेका छन् । साक्षी खबर पत्रीका जिल्लामा साप्ताहिक पत्रीका मध्य छुट्टै पहिचान बनाएको एक लोकपृय पत्रिका हो ।

यसैबिच पत्रीकाका प्रकाशक तथा सम्पादक दामोदर बस्नेतराकेश ´ले पत्रीकालाई यो स्थानमा पुर्याउनु हुने आम पाठक , बिज्ञापन दाता, लेखक तथा शुभचिन्तकहरुलाइ धन्यवाद समेत दिएका छ्न ।

दाङका पत्रीका निम्न अनुसार रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस