तुलसीपुर । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो ।
खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
आफन्तीको घरमा जाने क्रममा आज बिहान सम्झनालाई खोलाले बगाएको थियो ।
शव भेटिएको खबर प्राप्त भएपनि प्रहरी अहिले सम्बन्धित ठाउँमा जादै गरेकाले उहाँनै हो भन्ने एकिन भने भइनसकेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीले बिहानै देखी उहाँको खोजी कार्य तिव्र पारेको थियो ।
प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार


