बबई नदीले बगाउँदा किशोरी बेपत्ता

तुलसीपुर । बबई नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन् ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर १४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाउँदा तुलसीपुर १४ कै २० वर्षीया रोशन चौधरीको श्रीमती १९ वर्षीया सम्झना चौधरी बेपत्ता भएकी हुन् ।

अहिले चौधरीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस