राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठक बोलाएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन निर्णय गर्नेछ ।
‘आज दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ । तर, आजै नतिजा प्रकाशन हुन्छ चाहिँ भन्न सकिँदैन, सबै तयारी पूरा भएमा नतिजा प्रकाशन हुन्छ, नभए हुँदैन,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उपनियन्त्रक भक्त गोदारले भने ।
यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ ।
गत १५ चैतदेखि सुरु भएको एसइईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार


