दाङ– दाङमा विपत्का घटनाबाट दुई करोड बढीको क्षति भएको छ । जिल्लामा बितेको १३ महिनाको अवधिमा ८१ वटा विपत्का घटना हुँदा २ करोड बढीको क्षति भएको हो ।
अबिरल वर्षा र आगलागि गरी १३ महिनाको अवधिमा दुई करोड १२ लाख ७४ हजार ८ सय रुपैंया बराबरको क्षति भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका शाखा प्रमुख शम्भु आचार्यले जानकारी दिनुभयो ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार ४७ वटा वर्षा र ३४ वटा आगलागीका घटना गरी ८१ वटा घटना भएका हुन् । गत वर्ष २०८० सालमा अबिरल वर्षाले दाङका विभिन्न घरगोठमा क्षति पुर्याउँदा ८७ लाख १० हजार ४ सय रुपैंया बराबरको क्षति भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
यस्तै यसवर्षको बैशाख महिनामा मात्र आगलागिबाट एक करोड २५ लाख ६४ हजार ४ सय मूल्य बराबरको क्षति भएको हो । यस्तै विपत्मा परी मानविय क्षति पनि भएको छ । चालु वर्षको बैशाख महिनामा आगलागी र वन डढेलोमा परी एक जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
आगलागीमा परी एक जना घाइते भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङको तथ्याङकले चालु वर्षको बैशाख महिनामा मात्रै ३४ वटा आगलागिका घटना भएको देखाएको छ । जसमा २९ घर, ६ कोठ, एक डेरी उद्योगमा पूर्ण रुपमा क्षति भएको छ ।


