दंगीशरण । दाङको दंगीशरण गाउँपालिका वडा न ३ मा रहेको बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिमा १ हप्ते निशुल्क योग बिज्ञान शिवीर समापन गरीएको छ ।
विरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलि दाङको आयोजना तथा पतनज्लि योग समिति दाङ,महिला पतन्जलि योग समिती दाङ , युवा नेपाल समिति दाङ,र पतन्जलि योग समिती दंगीशरणको समन्वयमा ७ दिने निशुल योग बिज्ञान शिवीरको समापन गरीएको हो ।
शिवीर समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछि स्वस्थ अनि सस्कारयुक्त दंगीशरण निर्माण गर्न र योगमा सबैलाइ जोड्न योगहल निर्माणको कामलाइ तिब्रता दिएको बताउनुभयो ।पहिलो बर्ष ३ वटा योग हल र यो आर्थिक बर्षमा २ वटा योग हल निर्माण चरणको अन्त्यमा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

गिरीले नेपाल सरकारले आफ्नो निती तथा कार्यक्रममै योगलाइ समेटेकाले पनि अब हरेकदिन कक्षाकोठा प्रबेश गर्न अगाडी १० मिनेट भएपनि योग र प्रणायाम गर्न निर्देशन दिनुभयो ।
यस्तै शिवीर समापन अवसरमा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती शिक्षासाखा प्रमुख बिनोद अधिकारीले सभ्य स्वस्थ र मर्यादित समाज निर्माणका लागी अब बिधालय स्तर बाटनै योगलाइ अगाडी बढाइ प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।पछिल्लो समय बालबालिकाहरु नकारात्मक सोचाइका कारण लागु पदार्थ तथा दुर्ब्यसनमा फस्ने गरेकाले पनि योग ध्यान र प्रणायाम यसको बलियो उपचार रहेको दावी गर्नुभयो ।
योग र प्रणायामले बालबालिकामा सकारात्मक उर्जा प्रदान गर्ने भएकाले यसको महत्त्व र प्रभाकारीताकावारे बिधालय स्तरबाट नै जानकार रहनुपर्ने बताउनुभयो ।
समापन अवसरमा पतन्जलि योग समिति दंगीशरणका सभापती दिपक बिष्ट, माध्यामिक बिधालाय मधपुरकी प्रधानाध्यापक बिमला कडेल,सिद्ध पृथ्वी जनता माध्यमिक बिधालय श्रीगाउका प्रधानाध्यापक श्रीधर शर्मा,बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिका बिधालय ब्यबस्थापन समितीका सदस्य गोविन्द प्रसाद आचार्य,पतनजलि योग समिती लुम्बिनी प्रदेशका सोसल मिडिया प्रभारी डा अरुन कुमार श्रेष्ठ लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।

७ दिने निशुल्क योग बिज्ञान शिवीर समापन कार्यक्रम बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलिका प्रधानाध्यापक खिमराज खनालको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा शिक्षा साखा दंगीशरणका प्रमुख विनोद अधिकारीको विशिष्ट आथित्यतामा भएकोथियो ।
विधालयका शिक्षक प्रदिप चन्दको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बिधालयका शिक्षक दिनेश रेग्मिले गर्नुभएकोथियो ।


