टिप्परको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौं । चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा टिप्परको ठक्करबाट एक युवाको मृत्यु भएको छ । दुर्घटनामा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै यादवलाई नजिकैको बी एन्ड बी अस्पताल लगिएको थियो ।

अस्पताल लैजानुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ । गएराति १० बजेतिर ग्वार्कोमा यादव सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाई छ ।

ठक्कर दिएर फरार भएको टिप्परको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस