नेपालमा वुलिङ्ग इभीको बिक्री वितरण सुरू : के छन् विशेषता ?

काठमाडौँ– नेपालमा विश्व स्तरीय विद्युतीय गाडी वुलिङ्ग बिंगुओ ईभी सार्वजनिक भएको छ।

वुलिङ्ग इभीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउण्ट्स प्रा.लिले हालै एक कार्यक्रम गर्दै वुलिङ्ग इभीको सार्वजनिक तथा बिक्री वितरण सुरू गरेको हो।

नेपालमा अत्याधुनिक एवम् पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने कम्पनीले दाबी गरेको छ।

Binguo EV  मा ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको छ। जसले गर्दा एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म यात्रा गर्न मिल्ने पारामाउण्ट्स प्रा.लिका मार्केटिङ हेड सन्दीप क्षेत्रीले बताए।

उनले यस गाडीको मुख्य विशेषता भनेको फिचर र मूल्य रहेको बताए। यसको सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

‘नेपालको मार्केटमा अहिलेसम्म यो रेन्ज र यो मूल्यको सेगमेन्ट कुनै पनि आएको छैन। जतिपनि आएका छन्, इन्ट्रो लेभलमा आएका छन्। यस गाडीको मुख्य विशेषता भनेको फिचर र मूल्य हो। ‘उनले भने, ‘तर हामिले नेपाली जनताको लागी विषेश गाडी ल्याएका छौँ। यसको ब्याट्री क्यापासिटीले गर्दा पनि लामो यात्रामा जाँदा पनि सहज हुनेछ।’

७९० लिटर क्षमताको बुट स्पेस भएको Binguo EV छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ।

यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लु र मूस ग्रीन गरि तीन आकर्षक कलरहरूमा उपलब्ध छ। गुणस्तरीय लेदर सिटहरू भएको यस गाडीमा १० इन्चको इन्फोटेन्मेट स्क्रिन छ।

सुरक्षाको दृष्टिकोणले क्रुज कन्ट्रोल, इलेक्ट्रिक ड्राइभर सिट, ड्युल एयर ब्याग, इबिडी सहितको एबिएस तथा हिल होल्ड लगायतका थुप्रै प्रविधिहरू अपनाइएको छ।

यसको उत्पादन भियतनाम र इन्डोनेसियामा हुन्छ। मार्केटिङ हेड क्षेत्रीले यो गाडी अफरोड्मा पनि ड्राइभिङ गर्न सकिने बताए।

उनले भने,’ मान्छेहरूमा इभी गाडी अफरोड्मा जाँदैन भन्ने धारणा रहेको छ तर यो गाडी राम्रो ड्राइभिङ भयो भने नेपालको पूर्वदेखि पश्चिमको अफरोड्मा पनि यात्रा गर्न सकिन्छ।

लन्च कार्यक्रममा Binguo EV  को प्रत्यक्ष प्रदर्शन, यसका विशेषताहरू तथा यसले प्रदान गर्ने सुविधाहरूको बारेमा जानकारी प्रदान गरिएको थियो।

यस्तै कार्यक्रममा सहभागीहरूलाई टेस्ट ड्राइभ पनि गराइएको थियो। उनले शोरूममा आएर गाडीको टेस्ट ड्राइभ गर्न आग्रह गरेका छन्। यो गाडीको शोरूमा नक्सालमा रहेको छ।

थप तस्बिरहरू

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस