काठमाडौं । सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको छ।
प्रतिनिधि सभा सदस्य अन्सारीको आइतबार बिहान ६० वर्षको उमेरमा निधन भएको हो। हृदयघात भएकी सांसद अन्सारीलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताप पेश गरेका थिए। सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ५ गते बिहान ११ बजे बस्नेछ।
प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार


