अस्तित्वको संकटमा मेट्रो अस्पताल,२१ विरामीलाई ३१ स्वास्थ्यकर्मि/ कर्मचारी

तुलसीपुर / एक जना सहृदयि जग्गा दाताले दान दिएको जग्गामा निर्माण भएको शहरी स्वास्थ्य क्लिनिकलाइ तुलसीपुर उपमहानगरपालिकाले मेटूो अस्पताल बनाएको करीव ५ बर्ष नाघेको छ । तर अस्पतालको स्तरबृद्धिसंगै सो अस्पताल विरामीको आकर्षणको केन्द्र भने बन्न सकेन । आफ्नै स्वामित्वको अस्पतालको अस्तत्व टिकाउन अहिले तुलसीपुर उपमहानगरपालिकालाई हम्मे हम्मे परेको छ ।

पालिकाका अ–आफ्नै स्वास्थ्य संस्थाहरु छन् । प्राय उपमहानगरपालिकाका सवै वडामा हेल्थपोष्टहरु छन् । तुलसीपुरको मुख्य बजारमा राप्ती प्रादेशिक अस्पताल छ । सोहि अस्पतालको करीव ५ किमिको दुरीमा फेरी अर्को उस्तै जनरल अस्पताल चलाउनु चुनौतिको विषय बनेको छ । किनकि सो अस्पतालमा अचेल विरामीको आकर्षण छैन । एक दिनमा करिव २०÷२२ जना विरामी मात्रै आउछन् । तर उनीहरुको स्वास्थ्य उपचारकालागी उपमहानगरपालिकाले ३१ जना स्वास्थ्य कर्मि÷कर्मचारी खटाएको छ । खासगरी त्यहाँ आउने आधा जसो विरामी रुघा खोकिका हुन्छन्, बांकि शरीरमा गाठागुठिका शल्यक्रियाका केशहरु ।

अस्पतालमा विरामीबाट प्राप्त हुने रकम भनेको मासिक ६० हजार जति मात्रै छ । स्वास्थ्य उपचारका दैनिक उपकरण र फिनेल लगायतका सामाग्रि किन्न करीव २ हजार खर्च हुने गरेको छ । बांकि रह्यो कर्मचारी चिकित्सकको मासिक पारिश्रमिक जुन उपमहानगरपालिकाले व्यहोर्दै आएको छ । अस्पताल चलाएवापत उपमहानगरपालिकालाई बार्षिक एक करोड रुपैया भन्दा बढि घाटा रहेको छ ।

सवै स्वास्थ्यकर्मि जोड्दा ३१ जना स्वास्थ्यकर्मि कर्मचारी कार्यरत छन् । तर त्यहा उपचारमा आउने औषत विरामी दैनिक २२ को संख्यामा छन् । उपमहानगरपालिकाले यति धेरै व्ययभार बोकि चलाएको अस्पताल विरामीको उपचारमा भन्दा पनि जागिर खुवाउनकैलागी मात्रै केन्द्रित रहेको उपमहानगरबासीहरु बताउछन् ।

मुलुकमा विश्वव्याधिका रुपमा फैलिएको कोरोनाका कारण त्रसित भैरहंदा तात्कालिन अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले सो स्थानमा रहेको स्वास्थ्य संस्थाको भौतिक पुर्वाधारको स्तरबृद्धि गरी त्यहां कोरोना विशेष अस्पताल सन्चालन गर्यो । त्यो वेलादेखि उपमहानगरपालिकाले केहि करार, केहि ज्यालादारी त केहि स्थाइ कर्मचारी÷स्वास्थ्यकर्मिलाइ सो अस्पतालमा खटायो । कोरोना मत्थर भयो, विरामी सुन्य बन्दै गए, तर उपमहानगरपालिकाले ती कर्मचारीलाइ हटाउन चाहेन । काम विहिन अवस्थामा अस्पतालमा पालिइरहेका छन्, चिकित्सक कर्मचारीहरु । अस्पतालको कस्तो लोकेशन छ भने न त्यो तुलसीपुर (हापुरे सडक खण्डमा जोडिएको छ, नत तुलसीपुर (शान्तिनगर सडकसंग जोडिएको छ । यस कारण पनि त्यहां नजिकैका केहि स्थानिय वाहेक अन्य पालिका र अन्य वडाका विरामीको सहज पहुच त्यहां हुन सक्दैन ।


अस्पताल श्रोतका अनुसार सो अस्पतालमा हाल कम्तिमा ३१ जना चिकित्सक स्वास्थ्यकर्मिहरु कार्यरत छन् । मेट्रो करारमा एक जना नवौं तहको मेसु जनरल सर्जन, एक जना एचए, एक जना ल्याव असिस्टेन्ट, एक जना अहेव, २ जना अनमी, दुई जना सुरक्षा गार्ड, र पाच जना कार्यालय सहयोगी गरी तेह्र जना रहेका छन् । त्यसैगरी पालिका करारमा ३ जना अहेव र २ जना अनमी रहेका छन् भने स्थाइ दरवन्दीमा २ जना जनश्वास्थ्य निरिक्षक छैठौ, २ जना सिअहेव, ४ जना सिअनमी, र १ नगर प्रहरी रहेका छन् । यी सवै स्वास्थ्यकर्मि जोड्दा ३१ जना स्वास्थ्यकर्मि कर्मचारी कार्यरत छन् । तर त्यहा उपचारमा आउने औषत विरामी दैनिक २२ को संख्यामा छन् । उपमहानगरपालिकाले यति धेरै व्ययभार बोकि चलाएको अस्पताल विरामीको उपचारमा भन्दा पनि जागिर खुवाउनकैलागी मात्रै केन्द्रित रहेको उपमहानगरबासीहरु बताउछन् । अर्को अचम्मको नियम पनि त्यहाँ छ कि नबौं तहका मेसु, जनस्वास्थ्य निरिक्षकको माताहतमा छन् । किनकि सो अस्पताल तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको माताहतमा रहेको छ ।

त्यसो त सो अस्पतालमा उपयुक्त प्रयोगशाला, एक्सरे, इसिजि, भिडिओ एक्सरे लगायतका परीक्षणको सेवा उपलव्ध छ, तर सेवा लिने विरामी नगन्य हुदा त्यहाबाट पनि अपेक्षित आम्दानी अस्पतालले लिन सकेको छैन । अस्पताल कत्ति पनि स्वायत्त बन्न सक्दैन भने यसले उपमहानगरपालिकालाइ बर्षेनी करोड भन्दा बढिको व्ययभार थपिरहेको छ । जुन व्यर्थको लगानी भएको स्वयम उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको तर्क छ । केहि जनप्रतिनिधिहरुले त्यस अस्पताललाइ कुनै विशेष सेवाको विशिष्टकृत अस्पताल बनाउन सकेमा मात्र अस्पतालले अपेक्षित प्रतिफल दिन सक्ने बताउछन् । तर उपमहानगरपालिकाको यस तर्फ ध्यान जान सकेको छैन । अस्पतालको सन्चालन प्रक्रियाका विषयमा कार्यपालिका बैठकमा पटक पटक कुरा उठिरहन्छन् । अस्पताललाइ यहि अवस्थामा चलाउने कि कुनै विशिष्टिकृत रुपमा लैजाने भन्ने विषयमा भने कार्यपालिकाले अहिले सम्म ठोस निर्णय गर्न सकेको छैन ।

अस्पताल विशिष्टिकृत वनाउने
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अस्पताल विशिष्टिकृत वनाउने वताएका छन । ‘सम्पूर्ण प्रक्रिया पुगेको छ हामीले विशिष्टिकृतका लागि फाइल पनि प्रदेश सरकारलाई वुझाइसकेका छौं । त्यसको निर्णय कुरेका छौं’ उनले भने ।

साभारः साक्षी खबरवाट

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस