दाङको बागरमा १ सय बढि सवारी चालकको एचआइभी जाँच

तुलसीपुर। दाङको दंगीशरण गाउँपालिका ६ बागरमा सवारी चालकहरुको निसुल्क एआइभी चेकजाँच गरिएको छ । नागार्जुन डेभलपमेन्ट कमेटी घोराहीको आयोजना तथा प्रहरी चौकी बागर र अस्थायी प्रहरी पोस्ट बागरको समन्वयमा आज १ सय १४ जनाको एचआइभी जाँच गरिएको ट्राफिक प्रहरी जवान निरज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जाँच गरिएका १ सय १४ लाई नै एचआइभी नेगेटिभ देखिएको छ । विशेषगरी सार्वजनिक सवारीसाधनका चालकलाई परिक्षण गरिएको भएपनि अन्य जिप, कार, अटो चालक लगाएत इक्षा भएकाहरुलाई समेत जाँच गरिएको थियो ।

एचआइभी भए नभएको पत्ता लगाई यसको रोकथाम र न्युनिकरण गर्ने उदेश्यले सवारी चालकलाई प्राथामिकता दिएर निसुल्क एचआइभी चेकजाँच गरिएको नागार्जुन डेभलपमेन्ट कमेटी घोराहीले जनाएको छ । निसुल्क रुपमा एचआइभी चेकजाँच गर्न पाएपछी खुसी व्यक्त गर्दै सवारी चालकहरुले आगामी दिनमा पनि बेलाबेला यस्ता कार्यक्रमहरु राख्नु पर्नेमा जोड दिएका छन् ।।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस