लमहीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

दाङ । लमहीको अर्जुनखोला पुलमा शुक्रबार अटो दुर्घटना हुँदा अटो रिक्सा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो अटो दुर्घटनामा परी घाइते भएका अटो चालक नेपालगञ्ज स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा लमही नगरपालिका–७ निवासी ३५ बर्षिय बिष्णुबहादुर थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको प्र।३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो ।

प्रहरीले चारवटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।

दुर्घटनामा स्कुटी चालक लमही नगरपालिका ७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उहाँको टाउँकोमा चोट छ ।

यस्तै मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ बर्षिय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षिय हरी पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षिय पंकज सिह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिय कश्मिर सिह घाईते हुनु भएको थियो । उहाँहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस