सञ्चारमन्त्रीमा रेखा शर्मा नै दोहोरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकी रेखा शर्माले नै पाउने भएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई फेरि सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार हुँदा शर्मा सञ्चारमन्त्री थिइन् ।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनाउने भएको छ ।

श्रेष्ठले गृहमै दाबी गरे पनि रास्वपाको भागमा पर्दा उनी परराष्ट्र मन्त्रालयतिर धकेलिनुपरेको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस