फेसबुकमा एकाएक समस्या

चर्चित सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरेका छन् । 

तर, समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म फेसबुकले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । नेपाली समय अनुसार मंगलबार रातिदेखि यो समस्या देखिएको हो । 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस