एक पछि अर्को वखेडा हुदाँ–नेसंविको वास्तु इञ्जिनियरिङ अलमल

वेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डीको विश्वविद्यालय सभाले नेपाल संस्कृत विश्वविद्यालय मातहातमा बास्तु इन्जिनियरीङ सन्चालनको निर्णय गरेको दुइ बर्ष भन्दा बढि भएको छ । तर यथार्थमा बास्तु शास्त्रमा आधारीत इन्जिनियरीङ कक्षा सन्चालनमा फेरी एक पछि अर्को बखेडा झिकिंदै छ । जसका कारण कक्षा सन्चालनको तयारीमा रहेको बास्तु आर्किटेक इन्जिनियरीङको पढाइ सुचारु हुन सकेको छैन ।

बास्तुशास्त्रमा आधारित इन्जिनियरीङ कक्षा सन्चालनकालागि नेपाल संस्कृत विश्वविद्यालय कार्यकारी परीषदले विसं २०७८ शाल पुस महिनामा इन्जिनियर विरेन्द्र खड्कालाइ डिन नियुक्ती गर्यो । डिन नियुक्त भएको दुइ बर्ष नाघिसक्यो । तर पठनपाठनको कामले मुर्त रुप लिन सकेको छैन । डिनको कार्यालयले यसबीचमा बास्तु आर्किटेक इन्जिनियरीङको पाठ्यक्रम निर्माण गरी त्यसलाइ प्राज्ञिक परीषदले अनुमोदन समेत गरीसकेको छ । डिन कार्यालयका सहायक प्रशाशक ढुण्डि ज्ञवालीका अनुसार बास्तु इन्जिनियरीङ कलेज निर्माणकालागी पुर्वाधार निर्माण कार्ययोजना लगायत तात्कालिन योजना समेत अघि सारेको छ ।
डिनको कार्यालयले तत्कालकालागी एउटा कक्षा काठमाण्डौको बालमिकि क्याम्पसमा सन्चालन गर्ने तयारी गरेपछि कतिपयले यसलाइ डिनको कार्यालय र बास्तु शास्त्रको पढाइनै काठमाण्डौ लैजान खोजेको भन्दै असहमती जनाउन थालेपछि कक्षा सन्चालनको अन्तिम स्वीकृति पनि रोकिएको बताइएको छ ।

त्यसपछि क्याम्पसले आयआर्जन गर्न थालेपछि नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुर स्थीत धानखन्ने डाडाको १८ विगाहा जग्गामा भौतिक पुर्वाधारहरु निर्माण गर्ने तयारी पनि डिनको कार्यालयले गरेको बताइएको छ । तर यसमा विश्वविद्यालय पदाधिकारीहरुको एक मत हुन सकेको छैन ।

विश्वविद्यालय समाचार श्रोतका अनुसार विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछाने अमेरिका भ्रमणमा रहेको वेला तात्कालिन रेक्टर तथा निमित्त उपकुलपति भिम खतिवडाले तत्कालकालागी काठमाण्डौमा रहेको वाल्मिकी क्याम्पसमा बास्तु आर्किटेक इन्जिनियरीङको कक्षा सन्चालन गर्ने निर्णय गरेका थिए । तर भिसी अमेरीकाबाट फर्केपछि त्यसलाई रोकेको पनि समाचार श्रोतले बतायो ।

तर डिनको कार्यालयले भने सरकारले अनुदान पनि नदिने तथा विश्वविद्यालयले दरवन्दी पनि नदिने भएकाले वेलझुण्डीमा पढाउनकालागि अस्थाइ रुपमा बास्तुशास्त्रका प्राचार्य पाउन नसकिने भएकाले एउटा कक्षा तत्काल काठमाण्डौको वालमिकि क्याम्पसमा सुरु गरीहाल्ने तयारी गरेको जनाएको छ । त्यसपछि क्याम्पसले आयआर्जन गर्न थालेपछि नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुर स्थीत धानखन्ने डाडाको १८ विगाहा जग्गामा भौतिक पुर्वाधारहरु निर्माण गर्ने तयारी पनि डिनको कार्यालयले गरेको बताइएको छ । तर यसमा विश्वविद्यालय पदाधिकारीहरुको एक मत हुन सकेको छैन ।

‘हामीले डिनको कार्यालय र बास्तु शास्त्र इन्जिनियरीङ कार्यक्रमलाइनै काठमाण्डौ लैजान खोजेको होइनौं, यसमा बुझाइ मात्र गलत भएको हो’, नेपाल संस्कृत विश्वविद्यालय बास्तुशास्त्र इन्जिनियरीङ अध्ययन संस्थानका डिन इन्जिनियर विरेन्द्र खड्काले भने । उनले डिनको कार्यालय दाङमै रहने तथा बास्तु इन्जिनियरीङ ग्राम पनि विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुरको धानखने डाडामै निर्माण गर्ने कार्ययोजना तयार भएको पनि बताए । बास्तु शास्त्र इन्जिनियरीङ संस्थानलाइ नेपाल सरकार र नेपाल संस्कृत विश्वविद्यालयले स्वायत्त संस्था भनेको छ । आफ्नै कमाइले शैक्षिक कार्यक्रम सन्चालन गर्ने भनेकाले यसमा दरवन्दी पनि दिइएको छैन । पढाउनका लागि प्रशिक्षकहरु करारमा नियुक्ती गर्नुपर्ने हुन्छ ।

बेलझुण्डीमा करारमा प्रशिक्षक र प्राचार्य पाउने अवस्था नभएकाले पुल्चोक इन्जिनियरीङ कलेजका शिक्षकलाइनै करारमा राख्ने सकिने भएकाले बालमिकिमा कक्षा सन्चालनको तयारी भएको पनि डिनको कार्यालयको दावी छ । ‘न विश्वविद्यालयले दरवन्दी दिने, नत सरकारलेनै अनुदान दिने भएकाले पढाउने प्रशिक्षकहरुको सहजताका लागि एउटा कार्यक्रम काठमाण्डौमा सन्चालन गर्ने तयारी मात्र भएको हो’, डिन खड्काले भने, तर अन्तिम निर्णय दिने निकायले भने निर्णय गर्न सकेको छैन ।

बास्तु आर्किटेक इन्जिनियरीङ लगायत अन्य विषयको पनि पढाइकालागि भारतको महर्शि विश्वविद्यालयको पाठयक्रमलाइ पनि आधार मानेर सोहि अनुरुप स्तरीय पाठ्यक्रम निर्माण भैसकेको पनि डिनको कार्यालयले जनाएको छ । अव कक्षा सञ्चालनकालागि कन्सलटेन्ट नियुक्ती गर्ने काम बांकि छ । बास्तु शास्त्र बाल्मिकि क्याम्पसमा सन्चालनका सन्दर्भमा निर्णय गर्ने निकाय भनेको विश्वविद्यालय कार्यकारी परीषद हो । तर परीषदले यो विषयमा निर्णय गर्न नसक्दा बास्तुशास्त्र इन्जिनियरीङ कार्यक्रम अलमलमा परेको डिनको कार्यालयले जनाएको छ ।

साक्षी खबरपत्रिकावाट

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस