जनयुद्ध दिवसको अवसरमा दाङका विप्लवका नेता, एमालेका नेता सहित माओवादीमा समाहित

२९ औं जनयुद्ध दिवसको अवसरमा दाङका विप्लवका नेता, एमालेका नेता सहितकाले आज नेकपा माओवादीमा समाहित भएका छन ।


लामो समय देखि विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहनुभएका तुलसीपुर खानेपानी संस्थाका पूर्वअध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्ड समक्ष वातावरण विद रावतले पार्टी विधान र दस्तावेजहरुमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गर्न आग्रह गर्नु भएको थियो भने उक्त आग्रहलाई अध्यक्षले स्वीकार गर्नुभएको रावतले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेताहरु पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस